जनप्रतिनिधिलाई प्रश्न

कृपया यस लिङ्कमा गएर आफ्नो प्रश्न राख्नुहोस्। धन्यवाद।

 

जनमत पार्टीबाट बनेका मन्त्री, संघीय सांसद् तथा प्रदेश सभासद्हरूसँग प्रश्नोत्तर (पार्टीको आन्तरिक)

जनमत पार्टी लाखौं कार्यकर्ता तथा जनताद्वारा अनेकौं बलिदानी तथा संघर्षबाट स्थापित पार्टी हो। जनमत पार्टीलाई यहाँसम्म पुर्याउन देश विदेशमा रहेका लाखौं कार्यकर्ता तथा आमजनताहरूको योगदान रहेको छ। तसर्थ जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधि तथा मन्त्रीहरू उनीहरूप्रति जिम्मेबार र जवाबदेही रहनु पर्दछ भनेर हामी विश्वास गर्दछौं। यसै सिलसिलामा जनमत पार्टीबाट बनेका मन्त्री, संघीय सांसद् तथा प्रदेश सभासद्हरूसँग प्रश्नोत्तरको कार्यक्रम तपसिलको मितिमा रहेकोले जनमत पार्टीका सदस्य तथा पदाधिकारीहरूसँग कुनै प्रश्न भए तपसिलको ढाँचामा लिखित उपलब्ध गराइदिनु हुन अनुरोध छ। प्रश्न बढीमा १०० शब्दको हुनुपर्नेछ। प्रश्न दोहोरिएमा वा आशय एउटै भएमा कुनै एउटा प्रश्नको मात्रै जवाब दिइनेछ।
कार्यक्रम: तपाईंको प्रश्न – जनप्रतिनिधिको जवाब
मिति र समय: २०८० ज्येष्ठ १० गते बुधबार बेलुका ६:०० बजेदेखि
प्रश्न दर्ता गर्ने: http://janamatparty.org/p2r/ (१० गते विहान १० बजेसम्म)
माध्यम: ZOOM (आन्तरिक)
ZOOM मा जोडिन सक्ने (संख्याले दिएसम्म): जिल्लाका (पूर्व)पदाधिकारीहरू, प्रदेश समिति सदस्यहरू, राष्ट्रिय परिषद् सदस्यहरू, केन्द्रिय सदस्यहरू। (लिङ्क पछि पठाइने)
…………………………
डा. सी. के. राउत
राष्ट्रिय अध्यक्ष, जनमत पार्टी