महाधिवेशन: उम्मेदबारी मापदण्ड

उम्मेदबारी मापदण्ड

  1. केन्द्रिय समिति सदस्यमा उम्मेदबारी दिने मापदण्ड: केन्द्रिय समितिमा उम्मेदबारी दिन जिल्ला वा अन्य केन्द्रिय निकाय (विभाग, मोर्चा, वरिष्ठ नेतृत्व मण्डल, मधेश नेतृत्व पुंज)को कार्यकारिणी समितिको पदाधिकारी रहेको (सो नभएमा संयोजक/सहसंयोजक/इन्चार्ज/सहइन्चार्ज) वा केन्द्रिय समिति, विशेष समितिहरू, राष्ट्रिय परिषद् वा प्रदेश समितिको सदस्यको रूपमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ। सो कुरा मनोनित गरिनुपर्ने सदस्यहरूको हकमा लागू हुने छैन।
  2. केन्द्रिय कार्यकारिणी समितिमा उम्मेदबारी दिने मापदण्ड: स्थायी समितिको सदस्य भएको वा केन्द्रिय कार्यकारिणी समितिमा एक कार्यकाल पूरा गरेको वा विशेष समितिको प्रमुखको रूपमा एक कार्यकाल पूरा गरेको वा केन्द्रिय समितिमा दुई कार्यकाल पूरा गरेको हुनुपर्नेछ। पद रिक्त रही वा भई मनोनित गरिनुपर्ने सदस्यहरूको हकमा सो कुरा लागू हुने छैन।
  3. अध्यक्षमा उम्मेदबारी दिने मापदण्ड: स्थायी समितिको सदस्य भएको वा केन्द्रिय कार्यकारिणी समितिको पदाधिकारी वा विशेष समितिको प्रमुखको रूपमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ।