विशेष परिस्थितिको कारणले गर्दा जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिको विस्तारित बैठक तपसिल बमोजिम हुने गरी मिति परिवर्तन गरिएको व्योहोरा जानकारी गराउँदछौं।
२०७८ भाद्र २० गते – बैठक बारे सूचना
जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिको विस्तारिक बैठक तपसिल बमोजिम हुने व्योहोरा जानकारी गराउँदछौं।
- बैठक: केन्द्रीय कार्यकारिणी समितिको बैठक
सहभागी: केन्द्रीय कार्यकारिणी समितिका सम्पूर्ण पदाधिकारीहरू
मिति: २०७८ आश्विन ४ गते सोमबारदेखि ५ गते मंगलबार
स्थान: केन्द्रीय सचिवालय, जनकपुरधाम
- बैठक: केन्द्रीय समितिको विस्तारित बैठक
सहभागी: निर्वाचित केन्द्रीय सदस्यहरू, विभाग तथा मोर्चाका केन्द्रीय प्रमुख र सचिवहरू, जिल्ला समन्वय समितिका कार्यकारिणी पदाधिकारीहरू (सदस्य बाहेक)
मिति: २०७८ आश्विन ७ गते बिहीबारदेखि ८ गते शुक्रबार
स्थान: जनकपुरधाम (ठाउँपछि खबर गरिने)
विस्तृत जानकारीको लागि सम्पर्क: 9829799222
2078 भाद्र 20 गते – प्रेस विज्ञप्ति
जनमत पार्टी शुभेच्छुक संगठन ‘विद्यार्थी जनमत संघ’ को तदर्थ केन्द्रीय कार्यकारणी समिति ÷केन्द्रीय समिति आजैको मितिबाट विघटन गरिएको छ । विद्यार्थी जनमत संघको जिल्ला तदर्थ समिति र क्याम्पसहरुको इकाइ समिति तत्काल कायमै रहने छ । साथै विद्यार्थी जनमत संघको नयाँ केन्द्रीय समिति एक महिना भित्र पार्टीको कार्यकारणी समितिको निगरानीमा गठन गरिने जानकारी गराउदछौं । साथै, विद्यार्थी जनमत संघका सदस्यता ठेलीहरू तथा विभिन्न कलेज र तहमा बनेको समितिहरूको विवरण हालसम्म प्राप्त नभएकाले सो केन्द्रीय सचिवालयमा अविलम्ब बुझाउन हुन अनुरोध छ।
जनमत पार्टी जिल्ला समन्वय समितिको सूची प्रकाशित
जनमत पार्टी जिल्ला समन्वय समितिको पदेन तथा मनोनित सदस्यहरूको सूची प्रकाशित गरिएको छ। थप मनोनयन तथा समिति विस्तार पछि पनि गरिनेछ।
अपडेटेड: २०७८ असार २ गते
डाउलोड: पदेन सदस्य सूची | मनोनित सदस्य सूची
jilla_manonit_20780302
REMINDER: मनोनयन गर्दा अपनाइएको मापदण्ड
- एक व्यक्ति यथासम्भव एउटै तहको समितिमा रहने प्रावधान केन्द्रिय समितिको बैठकमा पारित गरिए अनुसार त्यसलाई पालन गर्न लगाउने। त्यसैले एकपटक वडासमिति वा पालिका समितिमा रहेका सदस्यहरू जिल्ला समन्वय समितिमा नआउने (Except पदेन सदस्यको रूपमा वडाअध्यक्ष/पालिकाअध्यक्ष आउने र महिला कोटा पुर्याउन वडा/पालिकाको महिला उपाध्यक्षलाई समेत जिल्लामा राखिने)
- जिल्ला माथिका समिति ( प्रदेश समिति, केन्द्रिय समिति, केन्द्रिय कार्यकारिणी समिति, वरिष्ठ नेतृत्व मण्डल, मधेश नेतृत्व पुञ्ज वा अन्य केन्द्रिय विभाग वा समिति) का सदस्यहरू जिल्ला बैठकहरूमा अतिथि, सल्लाहकार वा संरक्षकको रूपमा उपस्थिति हुने तर जिल्ला समन्वय समितिको सदस्य नहुने। (उम्मेदबारी दिन चाहे दिन सक्ने तर त्यसको लागि माथिल्लो समितिको पद त्याग्नु पर्नेछ)
- मोर्चाका जिल्ला प्रमुखहरू जिल्ला समन्वय समितिमा रहने (प्रमुख मात्र, किनकि सबै मोर्चाको आफ्नै जिल्ला समिति हुने नै छ)
- पुराना जिल्ला इन्चार्ज, सहइन्चार्ज, संयोजक, संयोजक समितिका सदस्यहरू आदिलाई मनोनयन गर्ने
- जिल्लामा छुटिराखेका (कुनै पदमा नरहेका) तर निकै योगदान दिएका सक्रिय नेता कार्यकर्ता मनोनित गर्ने।
२०७८ जेठ २० गते – जनमत पार्टी जिल्ला समन्वय समितिको सूची प्रकाशित
अपडेट: २०७८ जेठ २२ गते प्रकाशित सूची हेर्न हुन अनुरोध छ। धन्यवाद
जनमत पार्टी जिल्ला समन्वय समितिको पदेन तथा मनोनित सदस्यहरूको सूची प्रकाशित गरिएको छ। थप मनोनयन तथा समिति विस्तार पछि पनि गरिनेछ। २०७८ जेठ २१ गते दाबीविरोध गर्न सकिनेछ। धन्यवाद।
REMINDER: मनोनयन गर्दा अपनाइएको मापदण्ड
- एक व्यक्ति यथासम्भव एउटै तहको समितिमा रहने प्रावधान केन्द्रिय समितिको बैठकमा पारित गरिए अनुसार त्यसलाई पालन गर्न लगाउने। त्यसैले एकपटक वडासमिति वा पालिका समितिमा रहेका सदस्यहरू जिल्ला समन्वय समितिमा नआउने (Except पदेन सदस्यको रूपमा वडाअध्यक्ष/पालिकाअध्यक्ष आउने र महिला कोटा पुर्याउन वडा/पालिकाको महिला उपाध्यक्षलाई समेत जिल्लामा राखिने)
- जिल्ला माथिका समिति ( प्रदेश समिति, केन्द्रिय समिति, केन्द्रिय कार्यकारिणी समिति, वरिष्ठ नेतृत्व मण्डल, मधेश नेतृत्व पुञ्ज वा अन्य केन्द्रिय विभाग वा समिति) का सदस्यहरू जिल्ला बैठकहरूमा अतिथि, सल्लाहकार वा संरक्षकको रूपमा उपस्थिति हुने तर जिल्ला समन्वय समितिको सदस्य नहुने। (उम्मेदबारी दिन चाहे दिन सक्ने तर त्यसको लागि माथिल्लो समितिको पद त्याग्नु पर्नेछ)
- मोर्चाका जिल्ला प्रमुखहरू जिल्ला समन्वय समितिमा रहने (प्रमुख मात्र, किनकि सबै मोर्चाको आफ्नै जिल्ला समिति हुने नै छ)
- पुराना जिल्ला इन्चार्ज, सहइन्चार्ज, संयोजक, संयोजक समितिका सदस्यहरू आदिलाई मनोनयन गर्ने
- जिल्लामा छुटिराखेका (कुनै पदमा नरहेका) तर निकै योगदान दिएका सक्रिय नेता कार्यकर्ता मनोनित गर्ने।
पूर्व सूचना अनुसार सकेसम्म सर्वसम्मतिबाटै जिल्ला पदाधिकारीको चयन गर्ने। सो नभए जिल्लाको बहुमतबाट गर्ने। त्यसको लागि प्रकाशित सूची अनुसार जिल्ला समन्वय समितिका सम्पूर्ण सदस्यहरू (पदेन तथा मनोनयन सूची दुइटै मिलाएर) मध्ये कम्तीमा ५०%को सहमति भएको #माइन्यूट आउनुपर्ने। सहमतिबाटै पदाधिकारी चयन भए सो जिल्लामा eVoting को च्यानल खोलिनेछैन र कुनै मनोनयन दर्ता गरिनेछैन (कुनै मनोनयन शुल्क पनि तिर्नु पर्ने छैन)।
जनमत पार्टी जिल्ला समन्वय समितिको पदाधिकारी निर्वाचन सम्बन्धी – २०७८ वैशाख २८ गते
जिल्ला समन्वय समिति मतदाता सूची (HTML) | PDF
१. जिल्ला समन्वय समितिका पदेन तथा केही सम्भावित मनोनित सदस्यहरूको प्रारम्भिक विवरण प्रकाशित गरिएको छ। यो सूची अन्तिम होइन।
२. कृपया सबै सदस्यहरूले आ-आफ्नो मोबाइल नम्बर चेक गर्नु होला किनकि ई-भोटिंगका लागि आवश्यक यूनिक पिन नम्बर तपाईंको सोही मोबाइल नम्बरमा पठाइनेछ। मोबाइल नम्बर गलत भएमा मतदान गर्न सकिने छैन। मोबाइल नम्बर सीधै सच्च्याउनु परेमा नागरिकताको प्रतिलिपी साथमा राखी नयाँ मोबाइल नम्बरको विवरण 9804793880 मा WhatsApp गरी वा janamatparty@gmail.com मा इमेल गरी पठाउनु पर्नेछ। सच्च्याउनका लागि जिल्ला इन्चार्जलाई पनि सम्पर्क गर्न सकिन्छ। तोकिएको मिति (दाबी विरोधको मिति भित्रमा मोबाइल नम्बर सच्च्याइसक्नु पर्नेछ, पछि सच्च्याउन पाइनेछैन। सच्चाइएको मोबाइल नम्बर नै पछि कायम हुनेछ।)
३. यस सूचीमा अधिवेशन नभएका वडा/पालिकाका सम्भावित मनोनित सदस्यको रूपमा सो ठाउँको तदर्थ समितिको संयोजकलाई राखिएको छ।
४. महिलाको संख्या एक तिहाइ पुर्याउन वडा/पालिकाका महिला उपाध्यक्षलाई मनोनितमा राखिएको छ।
५. खाली रहेको वडा/पालिकामा मनोनयनका लागि जिल्लाले सिफारिश गर्न सक्नेछ। जिल्ला इन्चार्जले आफ्नो जिल्लाको सूची प्रिन्ट गरेर सरोकार राख्ने प्रमुख व्यक्तिहरूसँग सामूहिक रूपमा गृहकार्य गर्न सक्नेछ।
६. त्यसका अलावा जिल्लामा सक्रिय रहेका नेतृत्वहरूको नामावली पनि दिएको फरमेटमा मनोनयनका लागि सिफारिश गर्न सक्नेछ।
७. याद रहोस्, जिल्लाबाट पठाएको सूची सिफारिश मात्रै हुनेछ, अन्तिम निर्णय केन्द्रिय कार्यकारिणी समितिको हुनेछ र त्यसले नाम आवश्यकता अनुसार हटाउन वा थप्न सक्नेछ।
district_voter_list_20780128