केन्द्रीय पर्यवेक्षक खटाइएको बारे

केन्द्रीय पर्यवेक्षक खटाइएको बारे

 

  • जनमत पार्टीको केन्द्रीय समितिको बैठक २०७८ भाद्र ३०-३१मा निर्णय भएअनुरूप पालिका अधिवेशनको लागि संलग्न सूची बमोजिम केन्द्रीय पर्यवेक्षक खटाइएको छ।

 

पर्यवेक्षकको नाम अनुसारको सूची (डाउनलोड)

work_allocation_ext_sortedname

जिल्ला अनुसारको सूची तथा सूचना (डाउनलोड)

pr20780603

केन्द्रीय समितिको विस्तारित बैठक २०७८ भदौ ३० र ३१ गते सारिएको

विशेष परिस्थितिको कारणले गर्दा जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिको विस्तारित बैठक तपसिल बमोजिम हुने गरी मिति परिवर्तन गरिएको व्योहोरा जानकारी गराउँदछौं।

२०७८ भाद्र २० गते – बैठक बारे सूचना

जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिको विस्तारिक बैठक तपसिल बमोजिम हुने व्योहोरा जानकारी गराउँदछौं।

 

  • बैठक: केन्द्रीय कार्यकारिणी समितिको बैठक

सहभागी: केन्द्रीय कार्यकारिणी समितिका सम्पूर्ण पदाधिकारीहरू

मिति: २०७८ आश्विन ४ गते सोमबारदेखि ५ गते मंगलबार

स्थान: केन्द्रीय सचिवालय, जनकपुरधाम

 

  • बैठक: केन्द्रीय समितिको विस्तारित बैठक

सहभागी: निर्वाचित केन्द्रीय सदस्यहरू, विभाग तथा मोर्चाका केन्द्रीय प्रमुख र सचिवहरू, जिल्ला समन्वय समितिका कार्यकारिणी पदाधिकारीहरू (सदस्य बाहेक)

मिति: २०७८ आश्विन ७ गते बिहीबारदेखि ८ गते शुक्रबार

स्थान: जनकपुरधाम (ठाउँपछि खबर गरिने)

 

विस्तृत जानकारीको लागि सम्पर्क: 9829799222

2078 भाद्र 20 गते – प्रेस विज्ञप्ति

जनमत पार्टी शुभेच्छुक संगठन ‘विद्यार्थी जनमत संघ’ को तदर्थ केन्द्रीय कार्यकारणी समिति ÷केन्द्रीय समिति आजैको मितिबाट विघटन गरिएको छ । विद्यार्थी जनमत संघको जिल्ला तदर्थ समिति र क्याम्पसहरुको इकाइ समिति तत्काल कायमै रहने छ । साथै विद्यार्थी जनमत संघको नयाँ केन्द्रीय समिति एक महिना भित्र पार्टीको कार्यकारणी समितिको निगरानीमा गठन गरिने जानकारी गराउदछौं । साथै, विद्यार्थी जनमत संघका सदस्यता ठेलीहरू तथा विभिन्न कलेज र तहमा बनेको समितिहरूको विवरण हालसम्म प्राप्त नभएकाले सो केन्द्रीय सचिवालयमा अविलम्ब बुझाउन हुन अनुरोध छ।

जनमत पार्टी जिल्ला समन्वय समितिको सूची प्रकाशित

जनमत पार्टी जिल्ला समन्वय समितिको पदेन तथा मनोनित सदस्यहरूको सूची प्रकाशित गरिएको छ। थप मनोनयन तथा समिति विस्तार पछि पनि गरिनेछ। 

अपडेटेड: २०७८ असार २ गते

डाउलोड: पदेन सदस्य सूची | मनोनित सदस्य सूची

jilla_paden_20780222
jilla_manonit_20780302

REMINDER: मनोनयन गर्दा अपनाइएको मापदण्ड

  1. एक व्यक्ति यथासम्भव एउटै तहको समितिमा रहने प्रावधान केन्द्रिय समितिको बैठकमा पारित गरिए अनुसार त्यसलाई पालन गर्न लगाउने। त्यसैले एकपटक वडासमिति वा पालिका समितिमा रहेका सदस्यहरू जिल्ला समन्वय समितिमा नआउने (Except पदेन सदस्यको रूपमा वडाअध्यक्ष/पालिकाअध्यक्ष आउने र महिला कोटा पुर्‍याउन वडा/पालिकाको महिला उपाध्यक्षलाई समेत जिल्लामा राखिने)
  2.  जिल्ला माथिका समिति ( प्रदेश समिति, केन्द्रिय समिति, केन्द्रिय कार्यकारिणी समिति, वरिष्ठ नेतृत्व मण्डल, मधेश नेतृत्व पुञ्ज वा अन्य केन्द्रिय विभाग वा समिति) का सदस्यहरू जिल्ला बैठकहरूमा अतिथि, सल्लाहकार वा संरक्षकको रूपमा उपस्थिति हुने तर जिल्ला समन्वय समितिको सदस्य नहुने। (उम्मेदबारी दिन चाहे दिन सक्ने तर त्यसको लागि माथिल्लो समितिको पद त्याग्नु पर्नेछ)
  3. मोर्चाका जिल्ला प्रमुखहरू जिल्ला समन्वय समितिमा रहने (प्रमुख मात्र, किनकि सबै मोर्चाको आफ्नै जिल्ला समिति हुने नै छ)
  4.  पुराना जिल्ला इन्चार्ज, सहइन्चार्ज, संयोजक, संयोजक समितिका सदस्यहरू आदिलाई मनोनयन गर्ने
  5.  जिल्लामा छुटिराखेका (कुनै पदमा नरहेका) तर निकै योगदान दिएका सक्रिय नेता कार्यकर्ता मनोनित गर्ने।