महाधिवेशन प्रतिनिधि नामावली

महाधिवेशन प्रतिनिधिमा तपाईंको नाम छ ? Find गरेर चेक गर्नुस्

जनमत पार्टीको दोस्रो महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधिको सम्भावित प्रारम्भिक नामावली
(यो प्रारम्भिक सूची मात्रै हो। यसमा धेरै छुटेको हुनसक्छ, त्रुटि हुनसक्छ र पछि हेरफेर हुनसक्छ। कृपया आ-आफ्नो जिल्ला समिति मार्फत् वा सकेसम्म एकमुष्ट सच्चाउन अनुरोध गर्नुहोला)।याद रहोस् क्रियाशील सदस्यता नवीकरण गरेकाहरूले मात्रै मतदान र उम्मेदबारी दिन पाउनेछन्। क्रियाशील सदस्यता नवीकरण गर्नुहोस्।

प्रारम्भिक नामावली डाउनलोड (PDF)

सम्भावित प्रारम्भिक नामावली हेर्नुहोस् (HTML) 

 महाधिवेशनमा तपसील बमोजिमका सदस्यहरू अधिवेशन प्रतिनिधि रहनेछन्:

    • वडा समितिमा निर्वाचित अध्यक्ष, महिला उपाध्यक्ष र सचिव (पूर्व तथा हालको अर्थात् पहिलो, दोस्रो र तेस्रो अधिवेशनबाट निर्वाचित)
    • स्थानीय तह(पालिका) र निर्वाचन क्षेत्रका निर्वाचित पदाधिकारीहरू (सदस्य बाहेक) (पूर्व तथा हालको)
    • प्रथम महाधिवेशनका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू
    • जिल्ला समन्वय समितिका सम्पूर्ण सदस्यहरू
    • प्रदेश समन्वय समितिका सम्पूर्ण सदस्यहरू
    • केन्द्रिय समितिका सम्पूर्ण सदस्यहरू
    • राष्ट्रिय परिषद्का सम्पूर्ण सदस्यहरू
    • वरिष्ठ नेतृत्व मण्डल र मधेश नेतृत्व पूञ्जका सम्पूर्ण केन्द्रिय सदस्यहरू
    • विभाग र मोर्चाका सम्पूर्ण केन्द्रिय सदस्यहरू
    • स्थानीय निर्वाचनमा वडाअध्यक्ष, पालिका प्रमुख/उपप्रमुख/ अध्यक्ष/उपाध्यक्षका उम्मेदबारहरू
    • जिल्ला कार्यकारिणी समिति, प्रदेश कार्य समितिले, राष्ट्रिय परिषद् समिति हरेकले ५० को संख्यामा नबढ़ने गरी अन्य सदस्यहरूको नाम महाधिवेशन प्रतिनिधिको रूपमा सिफारिश गर्न सक्नेछ। सो सूची केन्द्रीय सचिवालय समितिबाट  अनुमोदन हुनुपर्नेछ र सूची अनुचित लागेमा समितिले त्यसमा आवश्यक फेरबदल गर्न निर्देशन दिन सक्नेछ। त्यसका साथै केन्द्रीय सचिवालयले पनि कूल महाधिवेशन प्रतिनिधि संख्याको १०% नबढ़ने गरी महाधिवेशन प्रतिनिधिहरू तोक्न सक्नेछ।

 

के तपाईं छुट्नु भएको छ ? आफ्नो जिल्ला कार्यकारिणी समितिलाई सम्पर्क गर्नुहोस्।