उम्मेदबारको मापदण्ड

उम्मेदबारी दिने मापदण्ड (जनमत पार्टीको विधान २०७७ अनुसार):

  • केन्द्रिय कार्यकारिणी समिति सदस्यमा उम्मेदबारी दिने मापदण्ड: केन्द्रिय कार्यकारिणी समितिमा उम्मेदबारी दिन जिल्ला वा अन्य केन्द्रिय निकाय (विभाग, मोर्चा, वरिष्ठ नेतृत्व मण्डल, मधेश नेतृत्व पुंज)को कार्यकारिणी समितिको पदाधिकारी रहेको (सो नभएमा संयोजक/सहसंयोजक/इन्चार्ज/सहइन्चार्ज) वा केन्द्रिय समिति, विशेष समितिहरू, राष्ट्रिय परिषद् वा प्रदेश समितिको सदस्यको रूपमा काम गरेको वा गरिरहेको हुनुपर्नेछ। सो कुरा मनोनित गरिनुपर्ने सदस्यहरूको हकमा लागू हुने छैन। (धारा १७)

 

  • केन्द्रिय कार्यकारिणी समितिको पदाधिकारीमा उम्मेदबारी दिने मापदण्ड: स्थायी समितिको सदस्य भएको वा केन्द्रिय कार्यकारिणी समितिमा काम गरेको वा गरिरहेको वा विशेष समितिको प्रमुखको रूपमा काम गरेको वा गरिरहेको वा केन्द्रिय समितिमा दुई कार्यकाल पूरा गरेको हुनुपर्नेछ। पद रिक्त रही वा भई मनोनित गरिनुपर्ने सदस्यहरूको हकमा सो कुरा लागू हुने छैन। (धारा १७)

 

  • अध्यक्ष पदमा उम्मेदबारी दिने मापदण्ड: स्थायी समितिको सदस्य भएको वा केन्द्रिय कार्यकारिणी समितिको पदाधिकारी वा विशेष समितिको प्रमुखको रूपमा काम गरेको वा गरिरहेको पूरा गरेको हुनुपर्नेछ। (धारा १७)

 

  • अन्य आवश्यक योग्यताहरूः

 

  1. क्रियाशील सदस्यता नवीकरण गरेको र लेवी बुझाएको,
  2. केन्द्रीय अनुशासन समितिबाट चारित्रिक कैफियत नरहेको
    • उम्मेदबार हुन नपाउने गरी अनुशासनीय कारबाहीमा नपरेको,
    • विगतमा पार्टीको पदीय जिम्मेबारीमा रहँदा पार्टीको कोष, सम्पत्ति, सरसामान, डाटा आदि हिनामिना नगरेको तथा पार्टीको चल-अचल सम्पत्तिमा क्षति नपुर्‍याएको,
    • विगतमा पार्टीको पदबाट राजीनामा दिएर सो अस्वीकृत नरहेको,
    • विगतमा पदीय जिम्मेबारीमा रहँदा समितिको बैठकमा विना सूचना ३-पटकसम्म लगातार अनुपस्थित नरहेको,
    • अनुशासन उल्लंघन हुने अन्य गम्भीर काम नगरेको ।