2078 भाद्र 20 गते – प्रेस विज्ञप्ति

September 5, 2021

जनमत पार्टी शुभेच्छुक संगठन ‘विद्यार्थी जनमत संघ’ को तदर्थ केन्द्रीय कार्यकारणी समिति ÷केन्द्रीय समिति आजैको मितिबाट विघटन गरिएको छ । विद्यार्थी जनमत संघको जिल्ला तदर्थ समिति र क्याम्पसहरुको इकाइ समिति तत्काल कायमै रहने छ । साथै विद्यार्थी जनमत संघको नयाँ केन्द्रीय समिति एक महिना भित्र पार्टीको कार्यकारणी समितिको निगरानीमा गठन गरिने जानकारी गराउदछौं । साथै, विद्यार्थी जनमत संघका सदस्यता ठेलीहरू तथा विभिन्न कलेज र तहमा बनेको समितिहरूको विवरण हालसम्म प्राप्त नभएकाले सो केन्द्रीय सचिवालयमा अविलम्ब बुझाउन हुन अनुरोध छ।