जनमत पार्टी जिल्ला समन्वय समितिको सूची प्रकाशित

June 17, 2021

जनमत पार्टी जिल्ला समन्वय समितिको पदेन तथा मनोनित सदस्यहरूको सूची प्रकाशित गरिएको छ। थप मनोनयन तथा समिति विस्तार पछि पनि गरिनेछ। 

अपडेटेड: २०७८ असार २ गते

डाउलोड: पदेन सदस्य सूची | मनोनित सदस्य सूची

jilla_paden_20780222
jilla_manonit_20780302

REMINDER: मनोनयन गर्दा अपनाइएको मापदण्ड

  1. एक व्यक्ति यथासम्भव एउटै तहको समितिमा रहने प्रावधान केन्द्रिय समितिको बैठकमा पारित गरिए अनुसार त्यसलाई पालन गर्न लगाउने। त्यसैले एकपटक वडासमिति वा पालिका समितिमा रहेका सदस्यहरू जिल्ला समन्वय समितिमा नआउने (Except पदेन सदस्यको रूपमा वडाअध्यक्ष/पालिकाअध्यक्ष आउने र महिला कोटा पुर्‍याउन वडा/पालिकाको महिला उपाध्यक्षलाई समेत जिल्लामा राखिने)
  2.  जिल्ला माथिका समिति ( प्रदेश समिति, केन्द्रिय समिति, केन्द्रिय कार्यकारिणी समिति, वरिष्ठ नेतृत्व मण्डल, मधेश नेतृत्व पुञ्ज वा अन्य केन्द्रिय विभाग वा समिति) का सदस्यहरू जिल्ला बैठकहरूमा अतिथि, सल्लाहकार वा संरक्षकको रूपमा उपस्थिति हुने तर जिल्ला समन्वय समितिको सदस्य नहुने। (उम्मेदबारी दिन चाहे दिन सक्ने तर त्यसको लागि माथिल्लो समितिको पद त्याग्नु पर्नेछ)
  3. मोर्चाका जिल्ला प्रमुखहरू जिल्ला समन्वय समितिमा रहने (प्रमुख मात्र, किनकि सबै मोर्चाको आफ्नै जिल्ला समिति हुने नै छ)
  4.  पुराना जिल्ला इन्चार्ज, सहइन्चार्ज, संयोजक, संयोजक समितिका सदस्यहरू आदिलाई मनोनयन गर्ने
  5.  जिल्लामा छुटिराखेका (कुनै पदमा नरहेका) तर निकै योगदान दिएका सक्रिय नेता कार्यकर्ता मनोनित गर्ने।