जनमत पार्टी जिल्ला समन्वय समितिको पदाधिकारी निर्वाचन सम्बन्धी – २०७८ वैशाख २८ गते

May 11, 2021

जिल्ला समन्वय समिति मतदाता सूची (HTML) | PDF

१. जिल्ला समन्वय समितिका पदेन तथा केही सम्भावित मनोनित सदस्यहरूको प्रारम्भिक विवरण प्रकाशित गरिएको छ। यो सूची अन्तिम होइन।

२. कृपया सबै सदस्यहरूले आ-आफ्नो मोबाइल नम्बर चेक गर्नु होला किनकि ई-भोटिंगका लागि आवश्यक यूनिक पिन नम्बर तपाईंको सोही मोबाइल नम्बरमा पठाइनेछ। मोबाइल नम्बर गलत भएमा मतदान गर्न सकिने छैन। मोबाइल नम्बर सीधै सच्च्याउनु परेमा नागरिकताको प्रतिलिपी साथमा राखी नयाँ मोबाइल नम्बरको विवरण 9804793880 मा WhatsApp गरी वा janamatparty@gmail.com मा इमेल गरी पठाउनु पर्नेछ। सच्च्याउनका लागि जिल्ला इन्चार्जलाई पनि सम्पर्क गर्न सकिन्छ। तोकिएको मिति (दाबी विरोधको मिति भित्रमा मोबाइल नम्बर सच्च्याइसक्नु पर्नेछ, पछि सच्च्याउन पाइनेछैन। सच्चाइएको मोबाइल नम्बर नै पछि कायम हुनेछ।)

३. यस सूचीमा अधिवेशन नभएका वडा/पालिकाका सम्भावित मनोनित सदस्यको रूपमा सो ठाउँको तदर्थ समितिको संयोजकलाई राखिएको छ।

४. महिलाको संख्या एक तिहाइ पुर्‍याउन वडा/पालिकाका महिला उपाध्यक्षलाई मनोनितमा राखिएको छ।

५. खाली रहेको वडा/पालिकामा मनोनयनका लागि जिल्लाले सिफारिश गर्न सक्नेछ। जिल्ला इन्चार्जले आफ्नो जिल्लाको सूची प्रिन्ट गरेर सरोकार राख्ने प्रमुख व्यक्तिहरूसँग सामूहिक रूपमा गृहकार्य गर्न सक्नेछ।

६. त्यसका अलावा जिल्लामा सक्रिय रहेका नेतृत्वहरूको नामावली पनि दिएको फरमेटमा मनोनयनका लागि सिफारिश गर्न सक्नेछ।

७. याद रहोस्, जिल्लाबाट पठाएको सूची सिफारिश मात्रै हुनेछ, अन्तिम निर्णय केन्द्रिय कार्यकारिणी समितिको हुनेछ र त्यसले नाम आवश्यकता अनुसार हटाउन वा थप्न सक्नेछ।

 

district_voter_list_20780128