केन्द्रीय समिति बैठक २०७८ वैशाख ९-१० का निर्णयहरू

April 24, 2021

२०७८ वैशाख ९-१० गते धनुषा जिल्लाको हारसर जीवन केन्द्रमा बसेको जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले तपसिलका निर्णयहरू  गरेको छ।

  • केन्द्रीय समितिको विस्तारित बैठकले जनमत पार्टीको प्रथम महाधिवेशन २०७७ चैत्र २८-२९ गते भव्यताका साथ सुसम्पन्न गरेकोमा महाधिवेशन मूल समिति सहित सम्पूर्ण नेता, कार्यकर्त्ता, स्वयंसेवक तथा जनतामा हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
  • जनमत पार्टीको प्रथम महाधिवेशन २०७७ बाट निर्वाचित तथा मनोनित केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यहरूलाई बधाई दिँदै सपथ ग्रहण गराई पदस्थापन गरिएको छ।
  • जनमत पार्टीका विशेष समितिहरू, भात्तृसंगठन, मोर्चा तथा विभागहरूको पुनर्गठन गर्ने तथा विभिन्न तहमा इन्चार्ज तोक्ने जिम्मेवारी राष्ट्रिय अध्यक्ष डा. सी. के. राउतलाई दिइएको छ।
  • एक व्यक्तिले टोल/इकाई, वडा, पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय तह मध्ये यथासम्भव एउटै तहमा पद ग्रहण गर्नेछ, तर एउटै तहमा भने फरक जिम्मेवारी बहन गर्नसक्नेछ।
  • बैठकले जनमत पार्टीका आगामी निर्वाचन लक्षित प्रचार-प्रसारका कार्यक्रमहरू वडा-स्तरसम्मै चलाउने निर्णय गरेको छ। निर्वाचन आयोगको मतदाता नामावलीमा नाम छुटेकाहरूको नाम दर्ता गराउने अभियान हरेक वडामा चलाइनेछ।
  • बैठकले जनमत पार्टीका कार्यकर्ताहरू जनतामाझ पुगेर गाउँ-घर सरसफाई कार्यक्रम, प्रभातफेरी, जनचेतनामूलक नाटकहरू आदि संचालन गर्ने निर्णय गरेको छ। साथै हरेक वडाबाट कम्तीमा ३० जना स्वयंसेवकहरूको सूची केन्द्रीय सचिवालयलाई उपलब्ध गराउन निर्देश समेत दिइएको छ।
  • जिल्ला कार्यकारिणी समितिको निर्वाचन केन्द्रीय निर्वाचन समितिले गराउनेछ। केन्द्रीय निर्वाचन समितिको संयोजकमा श्री संजय कुमार सिंहलाई तोकिएको छ। केन्द्रीय निर्वाचन समितिले सो निर्वाचन सम्बन्धमा अन्य कुराहरू केन्द्रीय कार्यकारिणी समितिले जारी गरेको निर्देशिका अनुसार निर्धारण गर्नेछ।

 

……………………………..

डा. सी. के. राउत

राष्ट्रिय अध्यक्ष, जनमत पार्टी