U24अभियान
जनमत पार्टीका स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सदस्यहरुको विवरण अद्यावधिक तथा सदस्यता नविकरण गर्नु पर्ने आवश्यक भएकोले वडा समितिले आ–आफ्नो वडा भित्र र गैर आवासीय मधेशी संघ (NRM-A)का हरेक देशका जिम्मेवार समिति/पदाधिकारीज्यूहरुले आ–आफ्ना क्याम्प/एरियामा रहेका पुराना तथा नयाँ सदस्यहरुको विवरण तोकिएको ढाँचामा संकलन गरी एक प्रति अनिवार्यरुपले यथासिघ्र केन्द्रीय संगठन विभागको इमेल janamat.od@gmail.com मा पठाउन हुन हार्दिक अनुरोध छ ।
यसरी संकलित विवरणको आधारमा नै हरेक वडा र देशको सदस्यता/मतदाता सूचि वडा, देश रपार्टी/संगठनको केन्द्रीय डाटावेसमा समेत कायम गरिने छ । नविकरण नगराउने वा विवरण अद्यावधिक नगर्ने सदस्यहरुको विवरण पार्टीको डाटावेसबाट हटाइनेछ । साथै केन्द्रीय डाटावेसमा कायम रहेका पार्टी सदस्यहरुलाई मात्र पार्टीको तर्फबाट निर्वाचन लडने, पार्टीको आन्तरिक निर्वाचनमा मतदान गर्ने, पार्टीको महत्वपूर्ण जिम्मेवारी पाउने, पार्टीको कुनै निर्णय प्रक्रियामा भाग लिने, राजनीतिक नियुक्ति जस्ता सेवा सुविधाको उपभोग गर्ने अधिकार हुनेछ । संगठन सम्बन्धी थप केही जिज्ञासा भएमा केन्द्रीय संगठन विभाग (डा. जयकान्त राउत, मो. ९७७–९८१३५१७०६३, ह्वाट्सएप ९७७–९८४१३००५४०)मा सम्पर्क गर्नु होला ।
जनमत पार्टी सदस्यता अपडेट तथा नविकरण फाराम (मतदाता नामावली संकलन)-२०८१
गैरआवासीय मधेशी संघको लागि सदस्यता अपडेट तथा नविकरण फाराम-२०८१